aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एलआइसीले पाँच वटा नयाँ बीमा लेख ल्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ साउन २०८०
एलआइसीले पाँच वटा नयाँ बीमा लेख ल्याउने

काठमाडौं । जीवन बीमा  कम्पनी (एलआईसी) नेपालले पाँच वटा नयाँ बीमा पोलिसी ल्याउने तयारी गरेको छ । कम्पनीको २०औं वार्षिक साधारण सभा आज सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले पाँच वटा नयाँ बीमालेख ल्याउने तयारी भएको बताएका हुन । उनले ठूला ठूला जोखिम लिन, राईट शेयर जारी गर्न, कम्पनीको आफ्नै भवन बनाउन र उत्कृष्ट कम्पनीको सेवा प्रदान गर्न एलआईसी नेपाल सक्षम रहेको उल्लेख गरे ।  

त्यस्तै कम्पनीका संचालक अशोक अग्रवालले बीमा सेवा चुस्त दुरुस्त बनाउँदै छिट्टै एक नम्बर कम्पनी हुने  बताए । उनले कम्पनीले ९९ प्रतिशत दाबी भुक्तानी समयमै दिन सफल भएको समेत बताए ।  कम्पनीका अध्यक्ष सिद्धार्थ महान्थीले भने भर्चुअली रुपमा भारतबाट सभामा सहभागिता जनाएका थिए ।

हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारणको हिस्सा ७०ः३० बाट परिवर्तन गरी ६५ः३५ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस