aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रभु बैंक र भीजी इम्पेक्सबीच विद्युतीय ईभीमा कर्जा लगानी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ साउन २०८०
प्रभु बैंक र भीजी इम्पेक्सबीच विद्युतीय ईभीमा कर्जा लगानी सम्झौता

काठमाडौं । प्रभु बैंक र भीजी इम्पेक्सबीच विद्युतीय सवारीसाधन (ईभी) मा कर्जा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्स प्रालिका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्‌ । 

सम्झौता अनुसार भीजी इम्पेक्स प्रालिबाट आयात गरिएका विद्युतीय सवारीसाधन इच्छुक ग्राहकहरूले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले देशभरका ३०१ शाखाबाट नै यस्तो कर्जा सुविधा उपलब्ध हुने जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकका अधिकारीहरूले दाबी गरेका छन्‌ ।

प्रतिक्रिया दिनुहोस