
एजेन्सी । बलिउडका चर्चित कला निर्देशक नितिन देसाईले बुधबार बिहान आत्महत्या गरेका छन् । नितिनसँग करिब २५० करोड रुपैयाँ भारु बराबरको ऋण थियो। उनको कम्पनी एनडी स्टुडियो धेरै ऋणमा थियो। नितिनले एक बैंकबाट १८० करोड रुपैयाँ ऋण लिएका थिए ।
ब्याजसहित ऋणको रकम २ सय ५० करोड पुगेको थियो । कम्पनीले रिकभरीका लागि कानुनी कदम चालेको थियो । कम्पनीले स्टुडियो जफत गर्न त्यहाँका जिल्ला अधिकारीसमक्ष प्रस्ताव पनि गरेको थियो । एनडी स्टुडियो सिल हुने सम्भावना पनि थियो । अर्कोतर्फ प्रहरीले नितिनको फोनबाट एउटा अडियो क्लिप पाएको छ । जसमा चार जनाको नाम उल्लेख छ ।
नितिनको कम्पनी एनडी आर्ट्स वर्ल्ड प्राइभेट लिमिटेडले ईसीएल कम्पनीमार्फत दुई पटक १८५ करोड ऋण लिएको थियो । पहिलो ऋण सन् २०१६ मा लिएको थियो भने दोस्रो ऋण सन् २०१८ मा लिएको थियो । सन् २०२० मा ऋण तिर्न आएपछि सबै समस्या सुरु भयो ।
बिहान करिब ९ बजे नितिन देसाईको डोरीमा झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटना लगत्तै डग स्कटको टोली त्यहाँ पुग्यो। प्रहरीले हरेक कोणबाट घटनाको अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले नितिनको मोबाइलबाट अडियो क्लिप प्राप्त गरेको छ । जसमा ४ जनाको उल्लेख छ । उनीहरुकै दबाबमा नितिन देसाईले आत्महत्या गरेको प्रहरीको आशंका छ ।
आज चलचित्र ‘ओएमजी–२’ को ट्रेलर रिलिज हुँदैछ । नितिन देसाईको सम्झना र सम्मानमा अक्षयले ट्रेलर रिलिज एक दिनका लागि स्थगित गरेका छन् । अक्षयले सामाजिक सञ्जालमा लेखेका छन्– म नितिन देसाईको बारेमा सुनेर स्तब्ध छु ।
बीएन तिवारीले भने– ‘मैले सहयोग गर्ने प्रयास गरेको थिएँ । त्यसैले फाइनान्सर पनि लगियो । नितिनले अत्यधिक ऋण लिएका थिए । उनले छोरीको बिहेमा पनि धेरै खर्च गरे । यी सबै कुराबाट उनी निकै दबाबमा थिए ।
उनका अंगरक्षक र अरूले ढोका ढकढक्याए। झ्यालबाट हेर्दा देसाईको शव छतको पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । यस घटनामा प्रहरीले हालसम्म १० जनाको बयान लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस