aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सुजुकी जिम्नी र फ्रोन्क्स साउन २२ गतेदेखि नेपालका शोरुममा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ साउन २०८०
सुजुकी जिम्नी र फ्रोन्क्स साउन २२ गतेदेखि नेपालका शोरुममा

काठमाडौँ । सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएका दुई सुजुकी एसयूभीहरू साउन २२ गतेदेखि देशभरका शोरुममा उपलब्ध गराउने भएको छ ।

यही असार २९ देखि बुकिङ खुला गरिएको सुजुकी जिम्नी र फ्रोन्क्स एसयूभीलाई नेपालका लागि आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले बजारमा उपलब्ध गराउन लागेको हो ।

साउन २२ गतेदेखि सबै सुजुकी शोरुमहरूमा यी नयाँ सवारीसाधन हेर्न र टेस्ट ड्राइभ लागि २२ श्रावण देखि उपलब्ध हुने भएको छ । सो दिन सबै सुजुकी शोरुमहरूमा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ ।

आक्रमक मूल्य रणनीति अपनाउँदै यी दुई एसयुभीको मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ । जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ ।

५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तरराष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो, हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।

यो एसयूभी एक समर्पित उन्नत फोरडब्लयूडी प्रणाली अल ग्रीप प्रोसँग आउँछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्री लिङ्क रिजिड एक्स्ले सस्पेन्सनजस्ता अफ–रोड सुविधाहरू समावेश गर्दछ ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोलजस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्ने निर्माता कम्पनीको दाबी छ ।

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी हो । ‘द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिने तथा यसमा रहेको अत्याधुनिक प्रविधिहरूले आरामदाई र सुरक्षित अनुभूति गर्ने बताइएको छ । प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स र अत्याधुनिक सुरक्षित सुविधाहरूले सूसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरूको लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस