काठमाडौं । बजाज मोटरसाइकलको बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज २०० एनएस मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । विभिन्न सुविधासहित यो मोटरसाइकल नेपाली बजारमा भित्रिएको हो ।
कम्पनीका अनुसार ग्राहकको सुरक्षालाई प्राथमिकतामा दिएर साधारण मोटरसाइकलभन्दा फरक सुविधा यसमा रहेको छ । यो मोटरसाइकल अरू कम्पनीको तुलनामा यो रेटमा सहजपुरमा क्यास फाइनान्स र एक्सचेन्ज गर्न सकिन्छ ।
कति नम्बरको गियरमा मोटरसाइकल चलाइरहेको छ भनेर डिजिटलरुपमा देख्न सकिन्छ । कुनै पनि समस्या आएमा मोटरसाइकल आफैले जानकारी गराउनेछ । यसका साथै तेल सकिन लागेको छ भने अगाडी नै जानकारी पाइने कम्पनीले दाबी गरेको छ ।
यो मोटरसाइकलमा ५५ वाटदेखि ६० वाटसम्मको लाइट पाइनेछ । यो मोटरसाइकलको मूल्य नेपाली बजारमा चार लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । दुई सय सिसी अरू कम्पनीका मोटरसाइकलको तुलनामा सरल र सुलभ तरिकाले नपाइने कम्पनीको दाबी छ ।
यो मोटरसाइकल किन्न चाहने ग्राहकले २५ प्रतिशत न्यूनतम डाउन पेमेन्टमा पाउन सक्नेछन् । साथै ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा पाउन सकिनेछ । यो मोटरसाइकलमा पाँच वर्ष अथवा ६० हजार किलोमिटर वारेन्टी र यस अवधिमा १३ वटा सर्भिसिङ निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस