
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । हकप्रद शेयर जारी गर्न स्विकृतीका लागि धितोपत्र बोर्डमा विवणपत्र दर्ता गरि सकिएको र कम्पनीको संचालकहरु लगायत आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयर बापतको रकम अग्रिम रुपमा जम्मा गर्नका लागि अनुरोध गर्ने निर्णय भई सकेको कम्पनीका अध्यक्ष बिमल प्रसाद वाग्लेले तेह्रो वार्षिक साधारण सभामा जानकारी गराएका हुन् ।
बुधबार भएको तेह्रौं वार्षिक साधारण सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरीएको २०७५ साल आषाढ मसान्तको वासलात, २०७४।०४।०१ देखि २०७५।०३।३२ सम्मको नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु लगायत पारित गरेका थिए ।
कम्पनीका अध्यक्ष वाग्लेले बिगतका वर्षहरुमा कम्पनीले नियमिति लाभांश प्रदान गर्दै आएकोमा यसपटक बीमा समितिको निर्देशन अनुसार नयाँ ढाँचा अनुसार अर्थात् नेपाल वित्तीय प्रतिवेदनमान प्रणालीबाट वित्तीय विवरण तयार गर्दा बिभिन्न किसिमको व्यवस्था तथा जगेडामा रकमान्तर गर्नु पर्दा लक्ष्य अनुसार लाभांश वितरण गर्न नसकिएको बताए ।
बीमा समितिको निर्देशन अनुसार रु. एक अर्ब चुक्ता पूँजी पु¥याउनको लागि कम्पनीले २०७६।०२।१४ गते सम्पन्न विशेष साधारण सभाको निर्णय अनुसार नै ६० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेका हुन् ।
कम्पनीको आ.व. २०७४।०७५ मा कुल बीमा शुल्क आम्दानी १५० करोड ४८ लाख, खुद बीमा शुल्क आम्दानी ६९ करोड १५ लाख र खुद नाफा २४ करोड ७६ लाख रहेको छ ।
कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ११.६८ प्रतिशतले बृद्धि भई २०७५ साल आषाढ मसान्तमा रु. १९६ करोड पुगेको छ । भने आ.व. २०७५।०७६ मा कम्पनीको कूल कारोबार गत आ.व. २०७४÷०७५ कोे तुलनामा १०.६८ प्रतिशतले बृद्धि भई, रु. १६६.५६ करोड बीमा शुल्क आर्जन गरेको जनाएको छ ।
कम्पनीले आफ्नो कारोबारको पूनर्बीमा विश्व प्रसिद्ध हेनोभर री को अगुवाईमा गर्दै आइरहेको र बीमालाई बढि भन्दा बढि ग्राहकहरुसम्म पु¥याउन शाखा बिस्तारलाई निरन्तरता दिंदै आ.व. २०७५।०७६ मा थप ११ (एघार) उपशाखाहरु तथा १७ (सत्र) एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याएको छ ।
साथै उक्त कम्पनीले संस्थागत नागरीकको हैसियतले बिभिन्न सामाजिक कार्यहरुका लागि सहयोग गर्दै आइ रहेको छ । आ.व. २०७४।०७५ मा कम्पनीले नेपाली कला साहित्य उत्थानका लागि कार्यरत कलासाहित्य डट कमलाई साहित्यिक पुस्तक प्रकाशन, श्रृष्टा सम्मान तथा पुरस्कार तथा कर्णाली अञ्चलबाट सामुदायीक विद्यालयमा अध्ययन गरी एसईईमा सर्वोकृष्त नतिजा ल्याएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको उक्त साधारण सभामा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस