aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनआईसी एशिया डाईनामिक डप्ट फण्डले यस वर्ष १० प्रतिशत लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
एनआईसी एशिया डाईनामिक डप्ट फण्डले यस वर्ष १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत आर्थिक वर्ष ०७९÷८० को लाभांश प्रस्ताव गरेको छ । साउन १९ गते विहान ११ बजे बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले कर समेत इकाईधनीहरूका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

योजना व्यवस्थापकले लाभांश प्रयोजनका लागि साउन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । खुलामुखी प्रकृतिको यस योजनाका इकाईनीहरूले प्राप्त गर्ने कर तथा निर्धारित डिपि शुल्क कट्टापछिको प्रतिफल रकम पुनः लगानी गर्न सक्ने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ । 

लाभांश पुनः लगानी योजनामा सहभागी हुनका लागि साउन ३२ गतेसम्मको मिति तोकिएको छ । उक्त मितिसम्म सहभागी नहुने इकाईधनीहरूको लाभांश वितरण प्रक्रिय अघि बढ्ने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस