aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माण्डु हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ साउन २०८०
माण्डु हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असार २८ गतेदेखि साउन ११ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ साउन २१ गते बाँडफाँट गरेको हो । 

सर्वसाधारणमा दोस्रो चरणमा विक्री गरिने आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको थियो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार १० कित्ता देखि १ हजार ५०० कित्ता सम्म माग गर्ने १३ हजार ६३६ आवेदकहरूलाई १० कित्ता र २० कित्ता देखि १ हजार ५०० कित्तासम्म माग गर्ने ५ हजार ६६५ जनामध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको हो । 

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ विक्री खुला गरिएको छ । स्थानीयमा भने साउन २६ गतेसम्म आईपीओ विक्री गर्ने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रूपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको हो । स्थानीयका लागि विक्रीमा आएको शेयर खरीदका लागि ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं. ३ का स्थानीयले आवेदन दिन सक्नेछन् ।

कम्पनीले मकवानपुर जिल्लामा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ साल चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत रू. ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रहेको छ भने प्रतिमेगावाट औषत लागत रू. १८ करोड २७ लाख रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस