aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेशनल लाइफले गर्‍यो बीमा सचेतना साइकल र्‍याली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ साउन २०८०
नेशनल लाइफले गर्‍यो बीमा सचेतना साइकल र्‍याली

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साइकल र्‍यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीसहित करिब एक सय जनाले सहभागिता जनाए । 

पोखराको बाराहीघाट बाट शुरु भएको र्‍यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृह चोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा समापन गरिएको थियो ।  

उक्त साइकल र्‍यालीबाट बीमा सचेतना प्रवर्द्धन हुनेछ भन्ने कम्पनीले अपेक्षा लिएको कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस