aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सुजुकीको मनसुन  फ्री  सर्भिस क्याम्प, ४ जना भाग्यमानी ग्राहकलाई होलिडे प्याकेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
सुजुकीको मनसुन  फ्री  सर्भिस क्याम्प, ४ जना भाग्यमानी ग्राहकलाई होलिडे प्याकेज

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण २४ देखि २६ गतेसम्म मनसुन  फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । मनसुन मौसममा हुँने लगातार वर्षाले कुनै पनि सवारी साधनमा नकारात्मक  प्रभाव पार्नसक्ने हुनाले  यसमा ध्यान पुराउन अत्यन्त जरुरी छ भनि कम्पनीले जनाएको छ ।

  सुजुकी ग्राहकलाई  यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ ।  सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जीत्नु सक्नुहुनेछ ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷ हिटर  चेक, ब्याट्री चेक र  ओभरअल चेकअपको सुविधा पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्ल्ेख छ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा  ५०  प्रतिशत छुट  पाउनुहुनेछ भने लेवर चार्जमा २०% छुट  र एसोसरिजमा, स्पेयर पार्टस् र  इन्जिन आयलमा १० प्रतिशत छुट समेत पाइने कम्पनीले जनाएको छ । सुजुकीको मनसुन  फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
 

प्रतिक्रिया दिनुहोस