aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यसकारण आकासियो नेपाली बजारमा गोलभेँडाको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
यसकारण आकासियो नेपाली बजारमा गोलभेँडाको मूल्य

पर्सा । नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोगभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो ।

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो रु एक सय १० को अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा रु एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए  । रासस 

प्रतिक्रिया दिनुहोस