aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ साउन २०८०
नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौं । यहि भदौ १५ देखि १७ सम्म भृकुटीमण्डप प्रदर्शनीहलमा“नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेसको  बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।  

विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित प्रदर्शनी यो प्रदर्शनीको  दोस्रो संस्करण हो । नेपालको पहिलो एकमात्र बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी भएको आयोजकले दावी गरेको छ । 

नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२३मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको सख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ । उपभोक्ताहरूले प्रयोजन गर्ने इलेक्ट्रोनिक्स सामानहरू जस्तै एयर कन्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिजको माग बढेको छ ।  नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय उपमहाद्वीप (भारत वर्ष) का सरोकारवालाको सहभागिता उल्लेखनीय हुने आयोजकले बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस