aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ साउन २०८०
वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध

काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ । सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो ।

अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।  यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस