aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

यी हुन् सस्तो मूल्यमा पाइने ‘सिट्रोन सी थ्री’का दुई गाडी (भिडियोसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ साउन २०८०
यी हुन् सस्तो मूल्यमा पाइने ‘सिट्रोन सी थ्री’का दुई गाडी (भिडियोसहित)

काठमाडौं । सस्तो मूल्यमा राम्रो गाडीको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने सांग्रिला मोटर्सले तपाईंहरूका लागि सस्तो मूल्यमा राम्रा दुईवटा गाडी नेपाली बजारमा ल्याएको छ ।    

सिट्रोनका पेट्रोलबाट चल्ने र विद्युतीय गरेर दुईवटा गाडी नेपाली बजारमा उपलब्ध छन् । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी थ्री को नयाँ गाडी नेपाली बजारमा उपलब्ध गराएको हो ।

भारतमा निर्मित सिट्रोन सी थ्री एक कम्प्याक्ट एसयुभी हो, जसले नेपालका युवा र फरक गाडीको चाहना राख्ने ग्राहकको मन जित्ने गर्छ । गाडीमा बाहिरी दृष्य हेर्न मिल्ने आरामदायी भित्री भाग, ट्रपिकलाइज्ड एयर कन्डिसनर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कनेक्टिभिटी भएको १० इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन जस्ता सुविधा यसमा उपलब्ध छन् ।

कम्पनीका अनुसार यस गाडीमा १.२ लिटर पेट्रोल इन्जिन रहेको छ । जसले ८१ बीएचपी र ११५ एनएम टर्क उत्पादन गर्छ । सीथ्री मा ५ स्पिड म्यानुअल ट्रान्समिसन गियरबक्स छ ।  

यस गाडीमा यात्रा गर्दा कुनै पनि खाल्डाखुल्डीमा त्यस्तो कुनै अफ्ठ्यारो नहुने कम्पनीको दाबी छ । गाडीमा फोन कन्ट्रलोल, भ्वाइस कन्ट्रोल र साउन्ड कन्ट्रोल समेत उपलब्ध रहेका छन् । गाडीमा पाँच जनासम्म आरमले बसेर यात्रा गर्न सकिन्छ । एउटा परिवारको लागि यो गाडी निकै उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा यो गाडीको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । 

त्यस्तै, सांग्रिला मोटर्सले सिट्रोनको विद्युतीय सिट्रोन सी थ्री गाडी पनि ल्याएको छ । सिट्रोन सीथ्री मै आधारित रहेर विद्युतीय गाडी पनि नेपालमा भित्र्याइएको छ । इन्टेरियर विशेषताहरू सिट्रोन सीथ्री मै उपलब्ध रहेकाहरू यसमा पनि रहेका छन् ।  

यस गाडीमा ४२ किलोवाटको मोटर रहेको छ । २९.२ किलोवाटको ब्याट्री क्यापासिटी रहेको छ । यसको क्लेम माइलेज ३२० किलोमिटर रहेको छ । यसमा नर्मल र इको ड्राइभिङ गरेर दुई वटा मोडमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो गाडीको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस