
काठमाडौं । स्मार्ट टेलिकमले बडा दशैका लागि नयाँ अफर सार्वजनिक गरेको छ । यो दसैंलाई बडा तरिकाले मनाउन स्मार्टले ३ वटा नयाँ बडा अफर ल्याएको छ ।
१ दसैं भ्वाइसः यस बडा अफर अन्तर्गत केवल ९९ पैसा मा सबै नेटवर्कमा कुरा गर्न सकिन्छ । रु ९९ मा ३० दिन मान्य भएको १०० मिनेट टकटाइम (सबै नेटवर्कमा) पनि प्राप्त गर्न सकिन्छ । यो सुविधा *141*1*4*1# डायल गरी लिन सकिन्छ ।
२ दसैं डाटाः रु २९९ मा ४५ जिबि डाटा हरेक दिन १.५ जिवि डाटा का दरले ३० दिन सम्म लिन सकिन्छ । यसरी लिइएको डाटाको मान्य अवधि हरेक दिन मध्य रात सम्म रहने छ । यो डाटा सुविधा *141*3*2*1# डायल गरी सहजै लिन सकिन्छ ।
३ दसैं इन्डिया कलः लोकल दरमा इन्डियामा कल गर्न सकिने सुविधा, जसमा ३ वटा प्लान रहेका छन्ः
१) रु ३१२.४८ मा ३० दिन मान्य अवधि भएको २४० मिनेट टकटाइम २) १०१.०३ मा ७ दिन मान्य अवधि भएको ७५ मिनेट टकटाइम तथा रु २२.७१ मा १ दिन मान्य भएको १६ मिनेट टकटाइम यी सेवाहरु लिन क्रमशः *141*6*1*3#, *141*6*1*2# तथा *141*6*1*1#, डायल गर्नु पर्ने छ ।यो सेवा लिइसके पछि इन्डिया कल गर्दा 1350+91+ मोबाइल नम्बर/ल्याण्डलाइन नम्बर राखी डायल गर्नु पर्ने हुन्छ ।
यी दरहरुमा कर भने समावेश गरिएको छैन । यो योजना आश्विन १२ गतेदेखि आश्विन २६ गतेसम्म मात्र रहने छ । विस्तृत जानकारीको लागि *141# डायल गरेर बुझ्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस