
काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
जसमा सर्वसाधारण शेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ७९ लाख ४३ हजार ८०१ कित्ता र संस्थापक शेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता रहेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू.२२६ दशमलव ६१ देखि रू. ६७९ दशमलव ८३ सम्म ओपनिङ रेन्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा आउनेछ । स्टक सिम्बोल ‘जीसीआईएल’ रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा हिमालयन क्यापिटल ठमेलबाट हुने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस