
काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ४९ लाख २५ हजार कित्ता र अप्पर स्याङ्गे हाइड्रोपावरको २२ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । अब यी दुवै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवार देखि कारोबारमा आउनेछ ।
अप्पर स्याङ्गे हाइड्रोपावरको नेप्सेले पहिलो कारोबारको लागि रू. ८४ दशलमव ५४ देखि २५३ दशमलव ६२ ओपन रेञ्ज प्रदान गरेको छ । यही रेञ्जका आधारमा कम्पनीको शेयर धितोत्रको दोस्रो बजारमा आइतवार देखि कारोबारमा आउनेछ । कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष,स्थानिय र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल ८ लाख ७० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १३ लाख ३० हजार गरेर कुल २२ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
यस कम्पनीको स्टक सिम्बोल यूएसएचएल रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने सेवा सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने जानकारी दिएको छ ।
त्यस्तै नेप्सेले थ्रिस्टार हाइड्रोपावरको पहिलो कारोबारको लागि रू. ८५ दशलमव ६५ देखि २५६ दशमलव ९५ ओपन रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष,स्थानिय र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल १२ लाख ३१ हजार २५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ३६ लाख ९३ हजार ७५० कित्ता गरेर कुल ४९ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । यस कम्पनीको स्टक सिम्बोल टिएसएचएल रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने सेवा हिमालयन क्यापिटल लिमिटेड ठमेल काठमाडौंबाट हुने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस