
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले असार २० गतेदेखि विक्रीमा ल्याएको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि अवधि थप भएको छ । कम्पनीले साउन ५ गतेसम्मका लागि हकप्रद शेयर निष्कासन गरेको थियो ।
सो अवधिसम्म माग बमोजिम आवेदन नपरेपछि कमपनीको साउन २४ गतेसम्म अवधि थप गर्दा समेत माग बमोजिम आवेदन नपरेपछि भदौ १ गतेसम्मका लागि पुनः अवधि थप गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका ११ लाख २५ हजार कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । तोकिएको अवधिभित्र आफ्नो हक बमोजिमको हकप्रद शेयर खरीदका लागि आवेदन दिन कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस