
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट इकाईधनीहरूलाई कर समेत १६ प्रतिशत नगद लाभांश प्रतिफल वितरण गर्न लागेको हो ।
योजना व्यवस्थापकको साउन २५ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले १३ करोड ७६ लाख रूपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित प्रतिफलका लागि योजना व्यवस्थापकले बुक क्लोजको मिति भने निकट भविश्यमा प्रकासित गर्ने जानकारी दिएको छ । अघिल्लो वर्षको मुनाफाबाट कर समेत १२ प्रतिशत प्रतिफल वितरण गरेको फण्डले यस वर्ष बढाएर प्रतिफल वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस