aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल एग्रो लघुवित्तको आईपिओ बाँडफाँड, १४ हजार ९२५ आवेदकको हात खाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ बैशाख २०७६
नेपाल एग्रो लघुवित्तको आईपिओ बाँडफाँड, १४ हजार ९२५ आवेदकको हात खाली

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ आज मंगलबार बैशाख १७ गते बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिङको कार्यालय, काठमाडौंमा बिहाान आईपीओ बाँडफाँड भएको हो ।

यस आईपीओमा गोलाप्रथाबाट १५ हजार १२० आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गरिएको छ । १४ हजार ९२५ आवेदकको हात खाली भएको छ। 

आईपिओमा कूल ३ लाख १५ हजार ६३० आवेदन परेकोमा ७०५ आवेदनबाट परेको १४ हजार २६० कित्ताको आवेदन रद्ध भएको छ भने तीन लाख १४ हजार ९२५ आवेदकबाट परेको ६३ लाख ८८ हजार १३० कित्ताको आवेदन सदर भएको थियो ।

नेपाल एग्रो लघुवित्तले वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छ्ट्टाएर १ लाख ५१ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । 
जसमा २ हजार ४८९ कित्ता लघुवित्तका ६६ जना कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको थियो ।

नेपाल एग्रोको आईपिओमा मागभन्दा ४२.३४ गुणा बढी आवेदन परेको छे । आईपिओमा कूल ३ लाख १५ हजार ६३० वटा आवेदनबाट ६४ करोड २ लाख ३९ हजार रुपैयाँ बराबरको ६४ लाख २ हजार ३९० कित्ताको माग आवेदन दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस