aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल लाइफ इन्स्योरेन्स यस वर्ष ६७ करोडभन्दा बढी नाफामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ साउन २०८०
नेपाल लाइफ इन्स्योरेन्स यस वर्ष ६७ करोडभन्दा बढी नाफामा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६७ करोड ४४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष ३५ करोड २७ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नाफा गर्न सफल भएको हो । 

अघिल्लो वर्ष ७८ करोड १९ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब १८ करोड २७ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी बढेकाले खुद नोक्सानी सुधारिएको हो । साथै अघिल्लो वर्षको तुलनामा गत वर्ष खर्च रकम कम भएकाले पनि खुद नोक्सानीमा सुधार आएको हो । 

अघिल्लो वर्ष १ अर्ब १३ करोड रूपैयाँभन्दा बढी खर्च भएकोमा गत वर्ष ५० करोड ८२ लाख रूपैयाँभन्दा बढी खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रूपैयाँ रहेको छ । जगेडा कोष रकम ६४ करोड ९७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख रूपैयाँभन्दा बढी छ । 

गत वर्ष कम्पनीले ३७ अर्ब १६ करोड २७ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने १५ अर्ब १० करोड १६ लाख रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रूपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रूपैयाँ ८४ पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस