aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोलुङ्ग हाइड्रोपावर एक करोड १४ लाखभन्दा बढी नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ साउन २०८०
मोलुङ्ग हाइड्रोपावर एक करोड १४ लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष सो अवधिसम्म ५५ लाख ४६ हजार खुद नाफा गरेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो । 

अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी घटेकाले खुद नाफामा असर गरेको हो । अघिल्लो वर्ष ३ करोड ७२ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ३ करोड १४ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको हो । सञ्चालबाट नाफा अघिल्लो वर्ष १ करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ८९ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी ८० करोड २५ लाख रूपैयाँभन्दा बढी रहेको छ भने रिटेन्ड अर्निग १९ करोड ४१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा ६० करोड २५ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने ३ करोड ४३ लाख रूपैयाँभन्दा बढी छ । १ रूपैयाँ ४२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७५ रूपैयाँ ८० पैसा छ ।
 

प्रतिक्रिया दिनुहोस