हेटौंडा । रिद्धीसिद्धी सिमेन्ट लिमिटेडले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरू सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धीसिद्धी सिमेन्टले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगितामार्फत् पिप्ले रंगशालामा वृहत कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए ल्याएकी डौफिन राइका मगरलाइ सम्मान स्वरूप नगद १० हजार १ रुपैयाँ प्रदान गरिएको सिमेन्ट उत्पादक कम्पनीले जानकारी दिएको छ ।
साथै, कार्यक्रममा सुरक्षा प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञ तथा अनुगमन निकाय अन्तर्गत जिल्ला शिक्षा ईकाई समिति, हेटौंडा उप महानगरपालिका-५ को समन्यवयमा स्थान उपलब्द गराइदिने पिप्ले युवा क्लब तथा सन्चो हस्पिटलबाट मेडिकल सहयोग गरिदिने सम्पूर्ण संस्थाहरूलाई हार्दिक कृतज्ञ अर्पण गर्दै प्रमाणपत्रसहित सम्मान गरिएको पनि कम्पनीले जनाएको छ ।
छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५०००, दोस्रोलाई ३५००, तेश्रोलाई २५०० र सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक १५०० रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने भएको छ । एसईई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आइक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरू जोडी उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरू चुनिने छन् ।
प्रतिक्रिया दिनुहोस