aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर, रियाद, २०२३’ को रजिष्ट्रेसन खल्तीबाटै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ साउन २०८०
‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर, रियाद, २०२३’ को रजिष्ट्रेसन खल्तीबाटै

काठमाडौं । खल्तीले ई-स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई-स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टूर्नामेन्टको रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ। सो रजिष्ट्रेसन सुविधा यही साउन २४ देखि साउन ३० गते सम्मको लागि उपलब्ध हुने दराजले जानकारी दिएको छ । 

साउन ३० देखि सुरु हुने टूर्नामेन्टमा डोटा २, पब जी, स्ट्रिट फाइटर र ई फुटबल गरी चारवटा गेमहरू रहेका छन्। ई-स्पोर्ट्स गेमिङमा रुचि भएका र खेल्न इच्छुक सबैले खल्तीमार्फत्‌ रजिस्ट्रेसन गरी नि:शुल्क सहभागिता जनाउन सक्नेछन्‌ । प्रतियोगीहरूले गेमको नियमहरूमा सीमित रहेर प्रतिस्पर्धा गर्ने बताइएको छ ।

सहभागीमध्ये डोटा २ र पबजीतर्फ १–१ टिम साथै स्ट्रिट फाइटर र ई फुटबलतर्फ १-१ प्रतिष्पर्धी नेसनल क्वालिफायरका विजेता बन्नेछन् । क्वालीफायरका विजेताहरूले साउदी अरेबियामा हुने अन्तराष्ट्रिय ई-स्पोर्ट्स गेमिङ टूर्नामेन्टमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस