aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सान्जेन जलविद्युतको नोक्सानी गत वर्ष घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ साउन २०८०
सान्जेन जलविद्युतको नोक्सानी गत वर्ष घट्यो

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म ३ करोड ९८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नोक्सानी घटाएको हो । 

अघिल्लो वर्ष वित्तीय आम्दानी नभएको कम्पनीले गत वर्ष भने १ करोड १४ लाख रूपैयाँभन्दा बढी वित्तीय आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम भने २३ करोड ६३ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ । 

दिर्घकालिन कर्जा ७ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा २४ करोड रूपैयाँ रहेको छ । गत चौथो त्रैमाससम्म ५६ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९३ रूपैयाँ ५२ पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस