aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कुमारी क्यापिटलले बोलायो साधारण सभा, १५ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ साउन २०८०
कुमारी क्यापिटलले बोलायो साधारण सभा, १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले भदौ २१ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कुमारी बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा साझ ५ः३० बजे सभा गर्ने तयारी गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको वार्षिक लेखापरिक्षणका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । क्यापिटलको शेयरधनीहरूका लागि १५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले नगद लाभांश वापत ६ करोड रूपैयाँ वितरण गर्न लागेको हो । यस कम्पनी र अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गर्ने विषय समेत सभाका लागि तय भएको छ । आगामी दिनमा अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस