aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मध्य भोटेकोशी गत चौथो त्रैमाससम्म ३ करोड ४४ लाखभन्दा बढी नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ साउन २०८०
मध्य भोटेकोशी गत चौथो त्रैमाससम्म ३ करोड ४४ लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मध्ये भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड ३ करोड ४४ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ४ करोड ३५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने नोक्सानी घटाएको हो ।

गत वर्ष कम्पनीको वित्तीय आम्दानी ३ करोड ६९ लाख रूपैयाँभन्दा बढी भएकाले खुद नोक्सानी घट्न पुगेको हो । कम्पनीले हालसम्म विद्युत विक्री आम्दानी भने गरेको छैन् । हाल कम्पनीको चुक्तापूँजी ६ अर्ब रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग भने ३८ करोड ११ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । 

दिर्घकालिन कर्जा अघिल्लो वर्ष ७ अर्ब ७९ करोड रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ११ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ । वार्षिक ५७ रूपैयाँ प्रतिशेयर नोक्सानीमा रहेको कम्नपीको प्रतिशेयर नेटवर्थ ९३ रूपैयाँ ६५ पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस