aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सामसङ ग्यालेक्सी फ्पि५ र जेड फोल्ड५ नेपाली बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ साउन २०८०
सामसङ ग्यालेक्सी फ्पि५ र जेड फोल्ड५ नेपाली बजारमा

काठमाडौं । सामसङ ग्यालेक्सी फ्पि५ र जेड फोल्ड५ नेपाली बजारमा सार्वजनिक गरिएको छ । यी दुई स्मार्टफोनलाई सामसङले आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन भएको दाबी गरेको छ ।

यी दुई स्मार्टफोनलाई सामसङका सहउपाध्यक्ष सुङजुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल २०२२ प्रियङ्का रानी जोशीले संयुक्त रूपमा अनावरण गरेका हुन् । कार्यक्रममा दौरान नयाँ ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ को विभिन्न विशेषताहरू जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भिउइंग, सेल्फि र आइपीएक्स८ रेटिंगलाई फेसन रन–वेमा मोडलहरूले प्रदर्शन गरेका थिए ।

सामसङ नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड५मा  मल्टीटास्किंगहरू गर्न सकिने र ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरूको उच्चतम आवश्यकताहरूलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्थरमा पुर्‍याउने दाबी गरे ।

दुवै सेटको मेन स्क्रीन शक डिस्पर्शन तहका साथ जडान गरिएको छ । यसका साथै आइपीएक्स८ को रेटिंग, आर्मर अलुमिनियम फ्रेमहरू र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । सामसङका अनुसार यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ, जसले वाह्य असरहरूलाई फैलिन दिँदैैन । उत्पादनको लाइफ साइकल बढाउन हरेक उपकरण ५ वर्षको सेक्यूरिटि अपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडको साथ उपलब्ध रहेको पनि कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस