aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हिमालयन बैंकका ग्राहकलाई तायो इको रिसोर्टमा १५ प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० साउन २०८०
हिमालयन बैंकका ग्राहकलाई तायो इको रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटल प्रालिबीच हिमालयन बैंकका ग्राहकहरूलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको  छ ।

बैंक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरूमा बैंकका ग्राहक तथा कार्डवाहकले १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्‌ ।

कार्डवाहक तथा ग्राहकहरूले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गरी छुटको लाभ उठाउन सक्ने हिमालयन बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस