
काठमाडौं । शुभम् पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ लाख ५६ हजार रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १९ लाख ९७ हजार रूपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ७ दशमलव ९६ प्रतिशत बढी खुद नाफा गरेको हो ।
गत वर्ष विद्युत विक्री आम्दानी घटेको कम्पनीको वित्तीय खर्च घट्दा खुद नाफा बढ्न सहयोग मिलेको हो । अघिल्लो वर्ष २ करोड ६७ लाख रूपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष २ करोड ३७ लाख रूपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । वित्तीय खर्च भने अघिल्लो वर्ष ८७ लाख ७३ हजार रूपैयाँ वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ८२ लाख ४३ हजार रूपैयाँ वित्तीय खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी २० करोड रहेको छ । रिटेन्ड अर्निग भने १ करोड ५९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १ रूपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रूपैयाँ ५ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस