aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अपर तामाकोशी ३ अर्ब ७५ करोडभन्दा बढी नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ साउन २०८०
अपर तामाकोशी ३ अर्ब ७५ करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रूपैयाँभन्दा बढी मात्र थियो । गत वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न गएको हो । 

अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ७ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी रहेको हो । वित्तीय आम्दानी भने अघिल्लो वर्ष ४९ लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ३ करोड ८१ लाख रूपैयाँभन्दा बढी भएको छ । अन्य आम्दानी समेत अघिल्लो वर्ष २० लाख रूपैयाँभन्दा बढी भएकोमा गत वर्ष २ करोड ४५ लाख रूपैयाँभन्दा बढी भएको छ । 

विद्युत विक्रीबाट अघिल्लो वर्ष ७ अर्ब ११ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ८ अर्ब १२ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ भने रिटेन्ड अर्निग ६ अर्ब ९१ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीले लिएको दिर्घकालिन कर्जा अघिललो वर्षभन्दा गत वर्ष कम भएको छ । 

अघिल्लो वर्ष ७३ अर्ब ७८ करोड रूपैयाँभन्दा बढी रहेको दिर्घकालिन कर्जा गत वर्ष ७३ अर्ब १५ करोड रूपैयाँभन्दा बढी कायम भएको हो । अल्पकालिन कर्जा भने अघिल्लो वर्ष ५ अर्ब १० करोड रूपैयाँ रहेकोमा गत वर्ष ६ अर्ब पुगेको छ । गत चौथो त्रैमाससम्म कम्पनी ३५ रूपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमै रहेको छ । प्रतिशेयर नेटवर्थ भने ३४ रूपैयाँ ६७ पैसा छ ।
 

प्रतिक्रिया दिनुहोस