aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राधी विद्युतको वित्तीय आम्दानी करिब ८ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ साउन २०८०
राधी विद्युतको वित्तीय आम्दानी करिब ८ करोड

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म राधी विद्युत कम्पनी लिमिटेडले ७ करोड ७१ लाख रूपैयाँभन्दा बढी वित्तीय आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको वित्तीय आम्दानी उल्लेख्य मात्रामा बढेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३४ लाख रूपैयाँभन्दा बढी मात्र वित्तीय आम्दानी गरेको थियो ।

वित्तीय आम्दानी उल्लेख्यमात्रामा बढाएको कम्पनीको खुद नाफा अघिल्लो वर्षभन्दा १२१ दशमलव ३३ प््रतिशत बढेको छ । अघिल्लो वर्ष ५ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ११ करोड २७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।

विद्युत विक्री आम्दानी भने अघिल्लो वर्षभन्दा करिब ५ प्रतिशत कम १२ करोड ८४ लाख रूपैयाँभन्दा बढी भएको छ । वित्तीय खर्च गत वर्ष अघिल्लो वर्षभन्दा करिब ३३ प्रतिशत कम १ करोड ४२ लाख रूपैयाँभन्दा बढी भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६७ करोड ५९ लाख ७९ हजार रूपैया छ । अदर इक्वीटी अघिल्लो वर्षभन्दा करिब १५८ प्रतिशत बढी ३४ करोड ४३ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । दिर्घकालिन कर्जा ९ करोड ७३ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा ५ करोड ७ लाख रूपैयाँभन्दा बढी छ । वार्षिक ६ रूपैयाँ ७३ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रूपैयाँ ५४ पैसा छ ।
 

प्रतिक्रिया दिनुहोस