aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनआईबिएल सहभागिता फण्डको लाभांश वितरण शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ भदौ २०८०
एनआईबिएल सहभागिता फण्डको लाभांश वितरण शुरु

काठमाडौं । एनआईबिएल सहभागिता फण्डले गत आर्थिक वर्ष ०७९/८० को लाभांश वितरण गर्न सुरू गरेको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा लाभांश वितरण गर्न सुरू गरेको जानकारी दिएको हो । 

यस योजनाले गत वर्षको मुनाफाबाट कर समेत ४ प्रतिशत वितरण गरेको हो । योजनाले लाभांश पुनः लगानी गर्न सकिने व्यवस्था समेत गरेको थियो । खुलामुखी प्रकृतिको यस योजनामा सहभागी इकाईधनीहरूले कर तथा निर्धारित डिपि शुल्क कट्टा गरी बाँकी रहेको रकमबाट यस योजनाको थप इकाईहरू खरीद गर्न सकिने व्यवस्था गरिएको हो । 

लाभांश पुनः लगानी योजनामा सहभागी इकाईधनीहरूको योजना अन्तर्गत प्राप्त थप इकाई निकट भविश्यमा जम्मा गरिने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ । यस वर्षको लाभांश प्रयोजनका लागि साउन ११ गते बुक क्लोज गरिएको हुँदा साउन १० गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस