aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ठूलो खोला हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ भदौ २०८०
ठूलो खोला हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड

काठमाडौं । म्याग्दी जिल्लामा २२.५ मेगावाट उत्पादन क्षमता रहने जलविद्युत आयोजना निर्माण गरिरहेको ठूलो खोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्न सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

हाइड्रोपावर कम्पनी र क्यापिटलबीच साधारण शेयर निष्काशनसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको हो । सो सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालकस्वेता अधिकारी पन्त र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको आइपीओ निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस