
काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको साधारण शेयर सूचीकृत भएको छ । कम्पनीको कुल १२ लाख १८ हजार ६७५ कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
यो शेयर भोलि अर्थात सोमवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले सर्वसाधारण शेयरधनी,वैदेशिक रोजगारीमा रहेका नेपाल,सामुहिक लगानी कोष,स्थानिय बासिन्दाहरु र कर्मचारीहरुको लागि निष्कासन गरेको २ लाख ४३ हजार ७३५ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता गरेर कुल १२ लाख १८ हजार ६७५ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १५९ दशमलव ६७ देखि ४७९ दशमलव ०१ सम्म ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल केबिएसएच रहेको छ । कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनएमबि क्यापिटल लिमिटेड नक्सालबाट हुने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस