
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष खुद नोक्सानी बढेको छ । अघिल्लो वर्ष १ करोड १ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानी रहेको कम्पनी गत वर्ष ४ करोड ३८ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो ।
गत वर्ष कम्पनीको आम्दानी १ करोड ३९ लाख रूपैयाँभन्दा बढी भएको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले आम्दानी गरेको थिएन । खर्च बढेकाले गत वर्ष कम्पनीको खुद नोक्सानी बढेको हो । अघिल्लो वर्ष यस अवधिसम्म खर्च नगरेको कम्पनीले गत वर्ष २५ लाख १२ हजार रूपैयाँ खर्च गरेको हो ।
सञ्चालन खर्च पनि अघिल्लो वर्ष ९५ लाख ८४ हजार रूपैयाँ भएकोमा गत वर्ष १ करोड ८ लाख रूपैयाँभन्दा बढी खर्च भएको हो । हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ९८ लाख ८ हजार रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने १२ करोड ९५ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा ८७ करोड ३१ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने शून्य रहेको छ ।
अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको दिर्घकालिन कर्जा ८३ करोड ८१ लाख रूपैयाँभन्दा बढी रहेको थियो भने अल्पकालिन कर्जा १५ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको थियो । प्रतिशेयर ८ रूपैयाँ १३ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ पनि ७६ रूपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिक्रिया दिनुहोस