
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३० करोड ८८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष सो अवधिसम्म ३६ करोड ३६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने नोक्सानी कम गरेको हो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेकाले खुद नोक्सानी कम भएको हो । अघिल्लो वर्ष २४ करोड ८६ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत वर्ष ३५ करोड २० लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो ।
वित्तीय खर्च भने बढेको छ । अघिल्लो वर्ष ३५ करोड ९९ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ४० करोड ५९ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रूपैयाँ रहेको छ ।
जगेडा कोष रकम भने ८७ करोड ९७ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कर्जा रकम अघिल्लो वर्ष ३ अर्ब ९९ करोड ३० लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ४ अर्ब १ करोड ७ लाख रूपैयाँभन्दा बढी पुगेको छ । वार्षिक २० रूपैयाँ ९२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ४० रूपैयाँ ४१ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस