काठमाडौं । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौँ स्टोर बुढानीलकण्ठमा खुलेको छ । आजदेखि शुरु भएको नयाँ स्टोरसँगै यसको सङ्ख्या ७ पुगेको छ ।
माटोको सातौँ स्टोर काठमाडौं बुढानीलकण्ठस्थित देउवा चोकमा शुरु गर्दै हाम्रो आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई नेपाली ग्राहकहरूको घरदैलोमा पुर्याउने नयाँ अध्यायले थप गति लिएको बताए । माटोले सबै स्थानीय ग्राहकवर्गलाई उद्घाटन कार्यक्रममा सामेल हुन र ताजा जनस्वास्थ्यको दृष्टिकोणले गुणस्तरीय उत्पादनहरूको स्वाद लिन सबैमा आव्हान गर्दछ ।
माटोको मूल्यमान्यता र लक्ष्यहरू आत्मसात् गर्ने समुदाय र ग्राहकलाई संलग्नताको सूत्रको रूपमा उद्घाटनका दिनमा उत्कृष्ट छुट र विशेष उपहारको व्यवस्था गरिएको छ । जहाँ स्थानीय किसानहरू सफल हुन्छन् । राष्ट्र बलियो हुन्छ भन्ने मान्यता अनुरूप माटोले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर मात्र नेपाली र रसायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।
यसअघि काठमाडौंको बानेश्वर, नक्साल, नारायण थान, गोल्फूटार तथा ललितपुरको झम्सिखेल र सानेमामा माटोका स्टोरहरू सञ्चालन भइरहेका छन् । माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहित उत्पादन आपूर्ति गरिरहेको छ ।
माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ। माटोले आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । आत्मनिर्भरतातर्फ अग्रसर गराउने लक्ष्यले स्थापना गरिएको माटो नेपाली किसानका लागि सशक्तीकरणको माध्यम बन्नुका साथै प्रिमियम, जैविक रूपमा उत्पादनको स्रोतको रूपमा विकास भएको छ ।
माटोका अध्यक्ष पवन कुमार गोल्यानले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाइरहेको अवस्था रहेको बताए । ‘थाहा पाएपछि यो यात्रामा मा लागे। किसानका भोगाई र सङ्घर्षको जीवन्त अवलोकन पछि किसान र उपभोक्ताबिच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको हो। माटोको स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्यको साथ गरिएको हो’, उनले भने ।
मानव जीवनलाई स्वास्थ्य र तन्दुरुस्त बनाउने क्षमताको अभिवृद्धि माटोको मान्यताको केन्द्रबिन्दु हो । माटोको आरम्भिक प्रस्तावहरू गोल्यान एग्रो फार्मबाट अर्ग्यानिक रूपमा उत्पादित फलफूल र तरकारीमा आधारित, विषादीरहित उत्पादनहरूको प्रवर्द्धन गर्ने ब्रान्डको रूपमा परिचित भएको थियो । माटोले वातावरणमैत्री खेती विधि प्रवर्द्धकको रूपमा जैविक खेतीलाई प्रोत्साहित गरेर विषादीयुक्त रसायन वा मल प्रयोग गरेर उत्पादन गर्ने विधिलाई निरुत्साहित गर्दछ भन्ने माटोको विश्वास छ ।
माटोले देश भरका स्थानीय फार्महरू बाट स्रोत गरिएका प्रत्येक उत्पादनले र प्रामाणिक स्वाद झल्काउँछ । लाङ्ग्टाङ्गको मुसुरो दाल, गोसाइकुण्डको स्प्रिंग वाटर, चितवनको मह, इलामको शुद्ध गाईको घ्यु र अन्य धेरै यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन माटोले प्रोत्साहन गरिरहेको छ । माटो ब्रान्डको अर्को उद्देश्य आयातित कृषिजन्य उपजहरूको मात्रा घटाउनु पनि रहेको छ ।
माटोका स्टोरहरूमा आशा पुरी अर्ग्यानिकका उत्पादनहरू पनि खरिद गर्न सकिनेछ । आशा पुरी विगत दुई दशकदेखि प्राङगारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । हाल माटो र आशा पुरी दुवै कम्पनी जनता एग्रो एन्ड फरेष्ट्री प्रालि मातहतमा रहेका छन् । माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन् ।
प्रतिक्रिया दिनुहोस