aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रिडी पावरले दियो ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ भदौ २०८०
रिडी पावरले दियो ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका  लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि साउन ४ गते निवेदन दिएको हो । 

विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाइसकेको छ । 

कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस