aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० भदौ २०८०
मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गते (आज) देखि हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गरेको हो । कम्पनीको हकप्रद शेयर प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यमै विक्रीमा आउन लागेको हो । 

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले साउन १२ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोेजको आधारमा साउन ११ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर भदौ ३१ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । योग्य खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । ३५ प्रतिशत हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस