aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० भदौ २०८०
सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल घोषणा

काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

क्यापिटलले इकाईधनीहरुलाई कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । क्यापिटलको भदौ ७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिफल वितरण प्रयोजनार्थ फणडले भदौ १९ गते बुकक्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा म्युचुअल फण्डको उक्त लाभांश भदौ १८ सोमबारसम्म कायम इकाईधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस