
काठमाडौं । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा भदौ ३१ गते गर्ने भएको छ । सभा लिसारा ब्याक्वेट हल नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७९/८० को लागि लेखारिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम चुक्ता पूँजी ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको रिक्त संस्थापकबाट एक र सर्वसाधारणबाट एक गरी दुई जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पनि रहेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा भदौ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस