aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हिमाल दोलखा हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ भदौ २०८०
हिमाल दोलखा हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित १५ लाख ७७ हजार २११ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि जेठ २२ गतेदेखि असार २५ गतेसम्म ७५ प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर साउन २२ गतेदेखि २९ गतेसम्म विक्री गरी भदौ ८ गते बाँडफाँट गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद शेयर विक्री प्रक्रिया पुरा गरेको हो । सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ पुगेको । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

 माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार रूपैयाँ रहेको छ भने माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रूपैयाँ रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस