aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनएलजी इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ भदौ २०८०
एनएलजी इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

एनएलजी इन्स्योरेन्सको अनुसार कम्पनी र क्यापिटलबिच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०  रूपयाँको प्रति शेयर अङ्कित १०० रुपैयाँका दरले १० कित्ता शेयरको ६.६ को अनुपातमा ९६ लाख ३१ हजार २२०कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस