aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लिवर्टी माइक्रो लाइफका अध्यक्ष पाण्डेले गरे शपथ ग्रहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ भदौ २०८०
लिवर्टी माइक्रो लाइफका अध्यक्ष पाण्डेले गरे शपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालयमा आज लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  

त्यस अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरुलाई निर्देशन दिए । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव उपस्थित थिए । 
 

प्रतिक्रिया दिनुहोस