aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इकोविटका विद्युतीय स्कुटरहरु नयाँ अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ भदौ २०८०
इकोविटका विद्युतीय स्कुटरहरु नयाँ अफर

काठमाडौं । वातावरणीय प्रभावको सँगसँगै प्रविधिमा भएको आमूल विकासले विश्व बजार नै विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको छ । नेपाली बजारमा पनि विद्युतीय सावरी साधनहरूको प्रयोग बढ्दै गएको छ । 

यसैलाई मध्यनजर गर्दै इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु नेपाली बजारमा उपलब्ध छन् । पहिलो पटक करिब ९ महिना अघि नेपाल भित्र्याइएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षक रहेको कम्पनीको दाबी छ ।   

गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुँदै पनि ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै यही भदौ १५ गतेदेखि भदौ मसान्तसम्मका लागि इकोविट फेस्टिवल भाइब्स स्किम ल्याइएको छ । इकोविट फेस्टिवल भाइब्स स्किम अन्तर्गत हामीले इकोविट ब्राण्डका हरेक मोडेलको नगद खरिदमा ११ हजार छुटको व्यवस्था गरिएको छ । 

त्यस्तै, एक वर्षको कर समेत कम्पनीले नै तिरिदिने तथा हरेक स्कुटरको साथमा एउटा हेलमेट समेत निःशुल्क दिने जनाइएको छ । साथै फाइनान्स र एक्सचेन्जको समेत सुविधा रहेको छ । तर,  फाइनान्स र एक्सचेन्जमा भने यो स्किम लागु हुने छैन ।

फाइनान्स सम्बन्धी व्यवस्थामा ग्राहकले कुनै पनि इकोविटका स्कुटरहरु खरिद गर्दा न्यूनतम ३० प्रतिशत डाउन पेमेन्टमा ७० प्रतिशत सम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । अधिकतम १८ महिनासम्मको सरल किस्तामा शून्य प्रतिशत ब्याजदर लागु हुनेछ । 

एक्सचेन्ज सम्बन्धी व्यवस्थामा ग्राहकसँग भएको कुनै पनि पुरानो पेट्रोलियम स्कुटर तथा बाइकसँग नयाँ इकोविट विद्युतीय स्कुटर साटेर लैजान सक्नेछन् । त्यसका लागि पुरानो साधनको उत्कृष्ट मूल्य दिन कम्पनीले जनाएको छ । पहिलो चरणमा इकोविट ब्राण्डका विभिन्न ४ मोडेलका स्कुटरहरु हामीले बजारमा उपलब्ध रहेका छन् । 

प्रतिक्रिया दिनुहोस