काठमाडौं । युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले आफ्नो सफल मोडेल स्कोडा कुशाकको ‘मोन्टे कार्लो’ एडिसन नेपालमा ल्याएको छ । चेक कार ब्रान्ड स्कोडाले ‘मोन्टे कार्लो एडिसन’लाई स्कोडाको एक शताब्दी लामो गौरवपूर्ण मोटरस्पोर्ट विरासत र विश्व प्रसिद्ध ‘मोन्टे कार्लो’ र्यालीमा भएको आफ्नो जितप्रति समर्पित गर्दै आएको छ ।
‘कुशाक मोन्टे कार्लो आकर्षक कार हो जुन अद्वितीय, सुक्ष्म र स्पोर्टी लुक्स रुचाउने हर एकको छनोट बन्नेछ । यसले युरोपेली स्टाइललाई हरसम्भव तवरले झल्काएको छ । तपाईंले मोन्टे कार्लोमा स्पोर्ट र्यालीको विरासत बोकेको र रोमाञ्चक मोटरिङमा समर्पित युरोपेली ब्रान्डको अनुभव गर्न सक्नुहुनेछ,’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।
नयाँ कुशाक ‘मोन्टे कार्लो’मा ‘युरापियन स्टाइल र अपग्रेडेड फिचर’हरु रहेका छन् । यसको क्याबिनलाई ‘रेड फिनिस’ दिइएको छ । नयाँ स्कोडा कुशाक ‘मोन्टे कार्लो’ दुई वटा आकर्षक कलर ‘टोनार्डो रेड’ र ‘क्यान्डी ह्वाइट’ मा उपलब्ध हुनेछ । यसमा सबै क्रोमको सट्टा ‘ब्ल्याक फिनिस’ राखिएको छ । साथै ग्रिल ‘ओआरभिएम’ र अन्य भागलाई ‘स्पोर्टि’ देखाइएको छ ।
‘मोन्टे कार्लो’मा स्कोडाको प्रमाणित १.० लिटरको पेट्रोल टिएसआई इन्जिन दिइएको छ जुन ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । जसले अधिकतम ११४ एचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ । नेपालमा कुशाक ‘मोन्टे कार्लो’ ‘म्यानुअल ट्रान्समिसन’को ७१ लख ९० हजार र ‘अटोमेटिक ट्रान्समिसन’को ७९ लाख ९० हजार रुपैयाँ राखिएको छ ।
नयाँ कारमा स्कोडा ‘अक्टाभिया आरएस २४५’ को जस्तो डिजाइन १७ इन्चको ‘एलोई ह्विल’ दिइएको छ भने फेन्डरमा स्कोडा नामको सट्टा ‘मोन्टे कार्लो’को ब्याज लगाइएको छ । साथै रुफलाई ‘म्याट ब्लायक रुफ रेल’सहित ‘कार्बन स्टिल’को ‘फिनिस’ दिइएको छ । स्कोडा कुशाक मोन्टे कार्लोमा पहिलो पटक ‘रेड थिम’सहितको ८ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’ लगाएको छ ।
प्रतिक्रिया दिनुहोस