aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लक्ष्मी क्यापिटलको साधारण सभा असोज ७ गते, लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ भदौ २०८०
लक्ष्मी क्यापिटलको साधारण सभा असोज ७ गते, लाभांश वितरण गर्ने

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले असोज ७ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ १५ गते बसेको क्यापिटलको बैठकले लक्ष्मी सन्राइज बैंक लिमिटेड, लक्ष्मी कम्प्लेक्स, हात्तिसार, काठमाडौंमा दिनको ४ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । 

यस वर्ष ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा नगद लाभांशको रुपमा वितरण गर्ने भएको छ । उक्त प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटल लिमिटेड मर्जमा जाने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्दै आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस