aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जिडब्लुएमको ओरा ०३ ईभीको डेलिभरी सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ भदौ २०८०
जिडब्लुएमको ओरा ०३ ईभीको डेलिभरी सुरु

काठमाडौं । भिजि ईम्पेक्स नेपालमा जि.डब्लु.एम सवारी साधनको आधिकारिक वितरकले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३को डेलिभरी सुरु गरेको छ । जि.डब्लु.एमलेओरा ०३को लागिजेठ ३, २०८० मा बुकिङ खुला गरेको थियो । 

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक ईन्टेरियरलाई रहेको कम्पनीले दावी गरेको छ । 

 ओरा ०३मा ४८ केडब्लूएचको ब्याट्रीको साथ ४०० केएमएस (एनइडीसी)को प्रभावशाली ड्राइभिङ्गरेन्ज रहेको छ । सुरक्षाको पक्षमा, ओरा ०३ देशकाथोरै विद्युतीय सवारीहरूमध्ये एक हो जसले ANCAP र EURONCAP दुवैमा फाईभ–स्टारप्राप्त गरेको छ, जसले हरेक यात्रामा आत्मविश्वास जगाउँछ ।

 ओरा ०३ मा सीक्सओमनि डायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकलहोल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन् ।

प्रतिक्रिया दिनुहोस