
युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपाली सहित ८ जनाको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ ।
स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस सामान बोकेकोलरीमा ठोक्किएर दुर्घटनामा परि रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यू भएको गप्फ न्युजले समाचारमा उल्लेख गरेको छ।
मिनिबस लरीको पछाडिको भागमा आधाभाग नै भित्र गएको छ । सोहि दुर्घटनामा परि चार जना घाइते भएको दुर्वइ प्रहरीले जनाएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस